डेब्युमै रोनाल्डो चम्किँदा युनाइटेडको सहज जित
काठमाडौं, भदौ २७ : पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोले म्यान्चेस्टर युनाइटेडको दोस्रो पटकको डेब्युलाई सानदार बनाएपछि प्रिमियर लिगमा युनाइटेड विजयी भएको छ।रोनाल्डोले २ गोल...
काठमाडौं, भदौ २७ : पोर्चुगिच सुपरस्टार क्रिस्टियानो रोनाल्डोले म्यान्चेस्टर युनाइटेडको दोस्रो पटकको डेब्युलाई सानदार बनाएपछि प्रिमियर लिगमा युनाइटेड विजयी भएको छ।
रोनाल्डोले २ गोल गरेपछि युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१ जित निकाल्यो। युनाइटेडको जितमा रोनाल्डोसँगै ब्रुनो फर्नान्डेस र जेसे लिंगार्डले गोल गरे भने न्युकासलका जाभियर मनक्युलोले गोल गरे।
पहिलो हाफको इन्जुरी सयममा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए। मासन ग्रीन उडले प्रहार गरेको बल न्युकासलका किपरले समात्न खोज्दा डिफ्लेट भएको बलमा रोनाल्डोले गोल गरेका थिए।
खेलको ५६औं मिनेटमा मानक्युलोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाए। उनले लुक शको पासमा गोल गरेका थिए।
८०औं मिनेटमा पाउल पोग्बाबो पासमा ब्रुनो फर्नान्डेसले गोला गर्दै युनाइटेडलाई ३–१ को अग्रता दिलाए। इन्जुरी समयको दोस्रो मिनेटमा लिंगार्डले गोल गर्दै युनाइटेडलाई ४–१ को जित दिलाए।
यसैगरी शनिबार राति नै भएको अर्को खेलमा वुल्भ्स विजयी भएको छ। वुल्भ्सले वाट्फोर्टलाई उसकै मैदानमा २–० ले हरायो। वुल्भ्सको जितमा ह्वाङ हि चानले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।
पहिलो हाफ बराबरी भएको खेलमा ७४औं मिनेटमा वुल्भ्सले अग्रता लियो। वाट्फोर्टका फ्रान्सिस्को सेइराल्टाले आफ्नै पोस्टमा गोल गरेका थिए। त्यसपछि ८४औं मिनेटमा कोरियन खेलाडी चानले गोल गरेपछि वुल्भ्स २–० ले विजयी भयो।











