Kathmandu Press

रूपानीद्वारा गुजरातको मुख्यमन्त्रीबाट राजीनामा

नयाँ दिल्ली, भदौ २६ : भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रुपानीले शनिबार आफ्नो पदबाट राजीनामा दिएको अधिकारीहरुले बताएका छन्।  रुपानीले आगामी वर्षको...
रूपानीद्वारा गुजरातको मुख्यमन्त्रीबाट राजीनामा

नयाँ दिल्ली, भदौ २६ : भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रुपानीले शनिबार आफ्नो पदबाट राजीनामा दिएको अधिकारीहरुले बताएका छन्।  

रुपानीले आगामी वर्षको अन्ततिर राज्यमा निर्वाचन अगाडि अप्रत्याशित कदममा आफ्नो राजीनामा दिएका छन्।

रुपानीले राजीनामा दिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘नयाँ उत्साह र नयाँ ऊर्जासहित गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा अगाडि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ। यो कुरालाई ध्यानमा राख्दै मैले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ।’

उनले भने, ‘म जस्तै पार्टी कार्यकर्तालाई गुजरातको मुख्यमन्त्रीको रुपमा सेवा गर्ने महत्वपूर्ण मौका दिन पाएकोमा म खुशी छु।’

गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सहयोगी संघीय गृहमन्त्री अमित शाहको गृह राज्य हो। रुपानीको राजीनामा के कारणले आएको भन्ने बिषयमा थप विवरणहरू आउन अझै केही समय लाग्ने छ तथापि, रिपोर्टहरूमा भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को ‘सुधारको बाटो’ हुनसक्ने बताइएको छ। 

प्रकाशित मिति: १९:२० बजे, शनिबार, भदौ २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्