Kathmandu Press

चीनको उत्तरी हेबेई प्रान्तमा कारखानामा निसास्सिएर छ जनाको मृत्यु

शिचियाझुआङ, भदौ २६ : स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको छ।दिउँसो करिब...
चीनको उत्तरी हेबेई प्रान्तमा कारखानामा निसास्सिएर छ जनाको मृत्यु

शिचियाझुआङ, भदौ २६ : स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको छ।

दिउँसो करिब ३ः०० बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो। 

अधिकारीका अनुसार डाउन ज्याकेट कारखानामा काम गर्ने मजदुरले कारखानाबाट निस्केको पानी फाल्ने पम्प पम्प जाँच गर्ने क्रममा बेहोस भएका र उनलाई उद्धार गर्न खोज्दा अरू थुप्रै बेहोस भएका थिए। 

घटनापछि जिल्ला सरकारद्वारा पठाएको उद्धार टोली घटनास्थल पुगी उद्धार गरेपनि एक व्यक्तिलाई मात्र जोगाउन सकिएको अरू छ जनाको मृत्यु भएको जिल्ला प्रशासनले बताएको छ। दुर्घटनाको कारणबारे छानविन भइरहेको बताइएको छ।

प्रकाशित मिति: १९:१३ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्