Kathmandu Press

भारतकी मन्त्री लेखी पोर्चुगल र स्पेन जाने

भारतकी मन्त्री लेखी पोर्चुगल र स्पेन जाने

नयाँ दिल्ली, भदौ २६ : भारतकी केन्द्रीय विदेश मामिला राज्य मन्त्री मिनाक्षी लेखी औपचारिक भ्रमणका लागि पोर्चुगल र स्पेन जाने भएकी छन्।

उनी यही सेप्टेम्बर १२ देखि १७ तारिखसम्म उक्त दुई देशको भ्रमण गर्ने अधिकारीहरुले जानकारी दिएका छन्।  सुरुमा उनले सेप्टेम्बर १२ देखि १४ सम्म पोर्चुगलको भ्रमण गर्ने भ्रमण तालिका तय भएको छ। 

पोर्चुगलमा रहँदा उनले विदेशमन्त्री लगायत उच्चस्तरीय सरकारी अधिकारीहरूसँग भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गर्ने जनाइएको छ।

सो अवसरमा भारतीय नागरिकलाई पोर्चुगलमा काम गर्न दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने तय भएको छ। त्यसैगरी सेप्टेम्बर १५ देखि १७ सम्म उनले स्पेनको भ्रमण गर्नेछिन्।

प्रकाशित मिति: १८:४७ बजे, शनिबार, भदौ २६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्