एमालेको विधान महाधिवेशन मिति संशोधन
काठमाडौं, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टी एमालेको विधान महाधिवेशन मिति संशोधन गरिएको छ। शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज...
काठमाडौं, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टी एमालेको विधान महाधिवेशन मिति संशोधन गरिएको छ। शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुने निर्णय गरेको हो।
यसअघि विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने निर्णय भएको थियो।
समय अपुग भएको कारण र छलफल बाँकी नै रहेकोले मिति सार्नुपरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।
उनका अनुसार स्थायी कमिटी बैठक असोज ३ र ४ गते बस्नेछ भने केन्द्रीय कमिटी बैठक ८ र ९ गते बस्ने भएको छ।
साथै, भोलि १२ बजे संसदीय दलको बैठक बस्ने निर्णय भएको छ।
प्रकाशित मिति: १८:२९ बजे, शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











