प्रधानमन्त्री ओलीले जोन्सनलाई बधाई दिँदै भने, ‘बेलायतको उच्चस्तरको सहयोगको आशा गरेका छौँ’
काठमाडौं, साउन ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै दुई शताब्दी पुरा....
काठमाडौं, साउन ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनिर्वाचित प्रधानमन्त्री वोरिस जोन्सनलाई बधाई तथा शुभकामना सन्देश पठाउँदै दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गराएका छन्।
बेलायत नेपालको पहिलो दौत्य सम्बन्ध कायम रहेको देशको स्मरण गर्दै प्रधानमन्त्री ओलीले बेलायती नेपाल र संयुक्त अधिराज्यबीचको दुई शताब्दी पुरानो सम्बन्धको स्मरण गराएका हुन्।
‘नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्रराष्टकका बेलायत नै हो’, प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्, ‘आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ।’
प्रधानमन्त्री ओलीले आफ्नो गत महिना भएको बेलायत यात्राको प्रसङ्ग उल्लेख गर्दै भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री मेका साथै सांसद् र व्यापारिक समूदायसँगको अन्तक्र्रियाका क्रममा दुई देशको मैत्रीपूर्ण सम्बन्ध तथा आर्थिक सहयोगको आदानप्रदानका विषयमा जोड दिइएको थियो।’
सन्देशमा प्रधानमन्त्री ओलीले नेपालको विकासमा वेलायत सरकारले गरेको निरन्तर मद्दत र सहयोगको प्रशंसा पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गरेका छौँ। समृद्ध नेपाल, सुखी नेपालको राष्टिकय आकांक्षा राखेका छौं। त्यसैले हामी बेलायतजस्तो महत्वपूर्ण मित्रराष्टकबाट हाम्रो सामाजिक–आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्चस्तरको सहयोगको अपेक्षा गर्दछौँ।’
प्रधानमन्त्री ओलीले उहाँको सफल कार्यकाल तथा बेलायती जनताको शान्ति, प्रगति एवमू समृद्धिका लागि शुभकामना प्रकट गरेका छन्। उनले भनेका छन्, ‘म, आउने दिनमा दुई देशको सम्बन्ध अझ मजबुत बनाउन तपाईंसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु।'

-1784896419.png)









