उपत्यकामा थप ३५७ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ६५३१ पुग्यो
काठमाडौं, भदौ २६ : काठमाडौं उपत्यकामा थप ३५७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२...
काठमाडौं, भदौ २६ : काठमाडौं उपत्यकामा थप ३५७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २३०, ललितपुरका ८५ र भक्तपुरमा ४२ जनामा कोरोना संक्रमित थपिएका हुन् ।
यसैगरी काठमाडौं उपत्यकामा ६५३१ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३४१८, भक्तपुर ११६७ र ललितपुरमा १९४६ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १६:४९ बजे, शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











