थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु
६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हाे ।
काठमाडौं, भदौ २६ : पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ भने १३६८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १६:३८ बजे, शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











