राष्ट्रपति बाइडेनद्वारा ९/११ को आतंकवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जली व्यक्त
न्युयोर्क, भदौ २६ : राष्ट्रपति जो बाइडेनले ९/११ को आतंकवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास...
न्युयोर्क, भदौ २६ : राष्ट्रपति जो बाइडेनले ९/११ को आतंकवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त हमलापछि त्रास र आतंककाविरुद्ध सृजनामा भएको एकता र सहकार्यको भावनालाई पुनः जागृत गराउन आह्वान गरेका छन्।
आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतंकवादी हमलाको बेला बाइडेन सिनेटेर थिए भने अहिले देशको सर्वोच्च नेतृत्वमा छन्।
राष्ट्रपति बाइडेनले उक्त हमलामा विमानहरू दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जली र सम्मान अर्पण गर्ने तय भएको थियो तर उनले बीचमै सम्बोधन छोट्याएर अरुलाई कार्यक्रम हस्तान्तरण गरेका थिए।
यसै बीच शुक्रवार अबेर ह्वाइट हाउसले रेकर्डेट भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा रहन सबैमा आह्वान गरेका छन्।
उक्त कुख्यात छटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्त्वपूर्ण रहेको बताएका छन्।
राष्ट्रतपि बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ ‘एकता नै ठूलो शक्ति हो’ भनेका छन्।
शुक्रवार राति राष्ट्रपति बाइडेन ९/११को घटनाको स्मरणमा न्युयोर्क आइपुगे। यहाँको आकाशमा बत्तिहरू दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावरहरू त्रस्त देखिएको दृष्य टेलिभिजनमा देखाइएका थिए।












