Kathmandu Press

सरकारका काम, कारवाहीको समीक्षा गर्नुपर्छ : नेपाल

काठमाडौं, साउन ९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समीक्षा गर्नुपर्ने बताएका छन्।<....

सरकारका काम, कारवाहीको समीक्षा गर्नुपर्छ : नेपाल

काठमाडौं, साउन ९ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समीक्षा गर्नुपर्ने बताएका छन्।

वरिष्ठ नेता नेपालले कमिकमजोरी हटाउनका लागि पनि समीक्षा गर्नुपर्ने बताए। ‘कमीकमजोरी छन भने सुधारेर अघि बढन पनि सरकारको काम, कार्वाहीको समीक्षा गर्न ढिलाई गर्न हुन्न,’ नेपालले भने।

आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको छैठौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै लैजाने हो भने मुलुकमा कम्युनिष्ट पार्टीको विकल्पको कल्पना गर्न नसकिने दावी गरे।

‘कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको पार्टी नेपालीमा कुनै पनि पार्टी छैन। हामीले आफ्नो कमीकमजोरीलाई भने स्विकार गर्दै राम्रो ढंगले काम गर्न जरुरी छ,’ नेपालले भने। उनले पार्टी एकताको बाँकी कामलाई विलम्व नगरी सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिनुपर्ने बताए।

जनतासँगको सम्बन्धलाई ‘माछा र पानीको जस्तो सम्बन्ध’ बनाउन सके मात्रै कम्युनिष्ट पार्टीका योद्धाहरुको सच्चा सम्मान हुने पनि बताए।

प्रकाशित मिति: १४:१८ बजे, बिहीबार, साउन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्