सिंहदरबारमा जसपा संसदीय दलको बैठक, सरकारमा सहभागिताबारे छलफल
जसपा संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ।
काठमाडौं, भदौ २६ : जसपा संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक बसिरहेको जसपाका एक सांसदले जानकारी दिए ।
उनका अनुसार बैठकमा सरकारमा सहभागिताबारे छलफल भइरहेको छ । लामो समयदेखि मन्त्रिपरिषद् विस्तार हुन नसकेको सन्दर्भमा जसपा संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ ।
प्रकाशित मिति: १४:०४ बजे, शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











