Kathmandu Press

एमालेसँग छलफल गरेर सभामुखले समस्या हल गर्नुपर्छ : योगेश

काठमाडौं, भदौ २६ : एमाले नेता योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्नेमा जोड दिएका छन्।शनिबार पार्टीको स्थायी...
एमालेसँग छलफल गरेर सभामुखले समस्या हल गर्नुपर्छ : योगेश

काठमाडौं, भदौ २६ : एमाले नेता योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले एमालेले उठाएको विषयमा छलफल गरेर निकास दिनुपर्नेमा जोड दिएका छन्।

शनिबार पार्टीको स्थायी कमिटी बैठकबारे पत्रकारसँग कुराकानी गर्ने क्रममा उनले सभामुख सापकोटाले एमालेको कुरा सुन्नै नचाहेकाले समस्या उत्पन्न भएको बताए।

पार्टी विभाजनमा जनुअघि नै एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेर सांसद पदबाट मुक्त गर्न सभामुख सापकोटासमक्ष पत्र पठाएको थियो। तर उनले उक्त कारबाहीलाई मान्यता दिएनन्। त्यसविरुद्ध एमालेले संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ। 

सभामुख सापकोटा संवादमा आउनुपर्ने, एमाले संसदीय दलको कुरा सुन्नुपर्ने, समस्याको उचित हल दिनुपर्ने भनाइ योगेशको थियो। संसदमा सत्तापक्ष र प्रतिपक्षको बीचमा रहेर काम गर्नुपर्ने सभामुखको भूमिका निष्पक्ष बन्न नसकेको उनको भनाइ थियो।

प्रकाशित मिति: १३:५६ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्