Kathmandu Press

मिस नेपाल श्रृंखलाले चुमिन् युरोपको सर्वोच्च शिखर

काठमाडौं, साउन ९ : मिस नेपाल–२०१८ श्रृंखला खतिवडाले युरोपको सर्वोच्च शिखरको आरोहण गरेकी छन्।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध....

मिस नेपाल श्रृंखलाले चुमिन् युरोपको सर्वोच्च शिखर
फ्रान्सेली दूतावास

काठमाडौं, साउन ९ : मिस नेपाल–२०१८ श्रृंखला खतिवडाले युरोपको सर्वोच्च शिखरको आरोहण गरेकी छन्।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्ष पुगेको अवसरमा श्रृंखलाले फ्रान्स र ईटालीको सीमानामा रहेको युरोपको सर्वोच्च शिखर ‘मो ब्लाँ’को आरोहण गरेकी हुन्।

श्रृंखलाले हिजो सफल आरोहण गरेको नेपालस्थित फ्रान्सेली दूतावासले जनाएको छ।

फ्रान्सेली दूतावासले ट्वीट गर्दै शिखरमा पुगेर श्रृंखलाले नेपाल र फ्रान्सको झण्डा फहराएको जनाएको छ।

यो शिखर चार हजार आठ सय सात मिटर अग्लो छ।

श्रृंखला केही दिनदेखि फ्रान्समा छिन्। उनी त्यहाँ विविध औपचारिक कार्यक्रममा पनि सहभागी भइरहेकी छन्।

नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको श्रृंखला सद्भावनादूत पनि हुन्।

प्रकाशित मिति: १४:०१ बजे, बिहीबार, साउन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्