Kathmandu Press

एमाले स्थायी कमिटी बैठक : विधान महाधिवेशनबारे छलफल

काठमाडौं, भदौ २६ : एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ।शुक्रबार दिउँसो ४ बजेका लागि तय गरिएको बैठक प्रतिनिधिसभा...
एमाले स्थायी कमिटी बैठक : विधान महाधिवेशनबारे छलफल

काठमाडौं, भदौ २६ : एमाले स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी छ।

शुक्रबार दिउँसो ४ बजेका लागि तय गरिएको बैठक प्रतिनिधिसभा बैठकका कारण स्थगित गरिएको थियो। माधव नेपालसहित १४ सांसदलाई पार्टीको कारबाहीबमोजिम सभामुख अग्निप्रसाद सापकोटाले सूचना ननिकालेको भन्दै त्यसविरुद्ध प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले प्रतिनिधिसभा बैठक अवारोध गर्दै आएका छन्।

तर एमालेको अवरोधका बाबजुद संसद बैठक अघि बढाइएको छ। चालू संसदमा अब एमालेको भूमिका के हुने, कस्तो रणनीतिका साथ अघि बढ्ने भन्ने विषयमा पनि स्थायी कमिटी बैठकमा छलफलको भइरहेको बताइएको छ।

एमाले केन्द्रीय कार्यालयका अनुसार बैठकमा पार्टीको आगामी असोज ४ देखि ६ गतेसम्म हुने विधान महाधिवेशनका विषयमा छलफल हुनेछ। बैठकले उक्त अधिवेशनका लागि प्रतिनिधि चयनका साथै अन्य विविध व्यवस्थापनबारे निष्कर्ष निकाल्ने बताइएको छ।

प्रकाशित मिति: १२:२४ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्