Kathmandu Press

संखुवासभा हत्याकाण्ड : एक जना पक्राउ

संखुवासभा, भदौ २६ : संखुवासभामा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार ५७ वर्षीय तेजबहादुर...
संखुवासभा हत्याकाण्ड : एक जना पक्राउ

संखुवासभा, भदौ २६ : संखुवासभामा एकै परिवारका छ जनाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मादी नगरपालिका–१ उम्लिङमा गत सोमबार ५७ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको बताएको छ। 

मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने बताएकाे छ।

लोकबहादुरको घर नजिकैबाट घटनामा प्रयोग भएको हथौडा र रगतले लतपतिएको कपडा बराबद भएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछिउनी शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: ११:०३ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्