आज एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, भदौ २६ : नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बिहान बस्न लागेको छ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बैठक बोलाइएको एमाले कार्यालय सचिव शेबरहादुर तामाङले जानकारी दिए। उनका अनुसार बिहान ९ बजे बैठक बस्नेछ।
एमाले स्थायी कमिटी बैठक शुक्रबार अपराह्न ४ बजे बोलाइएको थियो। तर, प्रतिनिधिसभाको बैठक लम्बिएपछि स्थगित भएको थियो।
आजको बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद् अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने जनाइएको छ।
प्रकाशित मिति: ०७:१७ बजे, शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











