पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन
काठमाडौं, भदौ २६ : पूर्वराजदूत एवं ब्यवसायी रुक्मशम्शेर राणाको ८६ वर्षको उमेरमा निधन भएको छ।उनको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको हो।...काठमाडौं, भदौ २६ : पूर्वराजदूत एवं ब्यवसायी रुक्मशम्शेर राणाको ८६ वर्षको उमेरमा निधन भएको छ।
उनको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको हो। उनी भारतका लागि राजदूत भएका थिए।
व्यवसायी राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक पनि हुन्। उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पनि भएका थिए।
पूर्वराजदूत राणाको जन्म १२ मार्च, १९३६ मा भएको थियो। उनको आइतबार दाहसंस्कार गरिने परिवारजनले बताएका छन्।
प्रकाशित मिति: ०६:५२ बजे, शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











