Kathmandu Press

सन्दीपले ६ विकेट लिएपछि नेपालको सहज जित

काठमाडौं, भदौ २६ : सन्दीप लामिछानेले ६ विकेट लिएपछि नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ।गएराति भएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पपुवा...
सन्दीपले ६ विकेट लिएपछि नेपालको सहज जित

काठमाडौं, भदौ २६ : सन्दीप लामिछानेले ६ विकेट लिएपछि नेपालले पपुवा न्युगिनीविरुद्धको खेलमा सहज जित निकालेको छ।

गएराति भएको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले पपुवा न्युगिनीलाई एक सय ५१ रनले पराजित गरेको छ। सन्दीपले ६ विकेट लिएका थिए।

नेपालले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.१ ओभरमा ८२ रनमै अलआउट भयो। सन्दीपले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गरे। उनले ५.१ ओभरमा ११ रन खर्चिएर ६ विकेट लिए।

त्यस्तै, सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक÷एक विकेट लिए। पपुवा न्युगिनीका लागि ओपनर टोनी उराले सबैभन्दा बढी १९ रन जोडे। अन्य ब्याट्सम्यान सस्तैमा समेटिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ३३ रन बनाएको थियो।

नेपालका लागि रोहितकुमार पौडेल ८६ र करण केसीले ४२ रन बनाए। दुवैले ८६ रनको साझेदारी गरेका थिए।

पपुवा न्युगिनीसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल पनि नेपालले जितको थियो।

 

प्रकाशित मिति: ०६:३९ बजे, शनिबार, भदौ २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्