कांग्रेस निर्वाचन समितिका संयोजक यादवको राजीनामा अस्वीकृत
काठमाडौं, भदौ २५ : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।निर्वाचन समितिका संयोजक...
काठमाडौं, भदौ २५ : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ ।
निर्वाचन समितिका संयोजक यादवले दिएको भदौ २३ गते पार्टीका सभापति शेरबहादुर देउवा समक्ष दिएको राजीनामा सभापतिले अस्वीकृत गर्नु भएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
सभापति देउवाले कोभिड—१९ संक्रमणको कठिन परिस्थितिका बीच पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पार्टीको १४ औं महाधिवेशनका लागि धेरै स्थानको अधिवेशन सम्पन्न गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सह्राना गर्दै अधिवेशनका बाँकी कामहरु सम्पन्न गर्न अनुरोध गरेको पौडेलले बताएका छन् ।
प्रकाशित मिति: २०:४१ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











