Kathmandu Press

लिबियाका पूर्व राष्ट्रपतिका छोरा सादी कद्दाफी टर्कीमा

इस्तानबुल, भदौ २५ : सन् २०११ को विद्रोहमा मारिएका लिबियाका तत्कालिन राष्ट्रपति माहमर कद्दाफीका छोरा सादी काद्दाफी जेलबाट मुक्त भएपछि टर्की पुगेको उनका...
लिबियाका पूर्व राष्ट्रपतिका छोरा सादी कद्दाफी टर्कीमा

इस्तानबुल, भदौ २५ : सन् २०११ को विद्रोहमा मारिएका लिबियाका तत्कालिन राष्ट्रपति माहमर कद्दाफीका छोरा सादी काद्दाफी जेलबाट मुक्त भएपछि टर्की पुगेको उनका प्रवक्ता मोसा इब्राहिमले पुष्टि गरेका छन्। 

कद्दाफी शासन कालमा शक्तिशाली शासक मानिने ४७ वर्षीयका सादी आफ्नो खेलकूदका लागि चिनिएका थिए। इटालीमा केही समय पेशेवर फुटबलरको रूपमा खेलेका सादी सन् २०११ को नेटो सैनिक गठबन्धनको समर्थनमा भएको विद्रोहपछि नाइजरतर्फ पलायन भएका थियो । उनलाई नाइजर सरकारले पक्राउ गरी सन् २०१४ मा लिबियालाई सुपुर्दगी गरिएको थियो।

Hardik ivf

उनलाई गद्दाफीका पूर्व मन्त्री र गुप्तचर प्रमुख अहमद रमजान लगायतका अन्य धेरै कैदीहरूसँग रिहा गरिएको थियो। 

सुरुमा लिबियाली सञ्चारमाध्यमले गद्दाफी टर्की पुगेको जानकारी दिएका भए पनि टर्कीको विदेश मन्त्रालयले शुक्रबार एएफपीलाई इस्तानबुलमा सादीको उपस्थितिबारे ‘केही थाहा नभएको’ बताएको थियो। 

इजिप्ट, साउदी अरब र टर्कीले सादीलाई स्वागत गर्ने बताएकासादीका प्रवक्ताको भनाइ उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

सन् २०१४ पछि त्रिपोलीको जेलमा थुनिएका सादीविरूद्ध सन् २०११ को अरब आन्दोलनमा प्रजातन्त्रका लागि भएका प्रदर्शनमा सहभागीहरूविरुद्ध अपराध गरेको र २००५ मा लिबियाका फुटबल प्रशिक्षक बासिर अल–रायनीको हत्याको आरोप लगाइएको थियो।

अप्रिल २०१८ मा रायानीको हत्याको अभियोगमा पुनरावेदन अदालतले उनलाई सफाइ दिएको थियो।

प्रकाशित मिति: २०:२० बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्