दोर्दी खोलाकाे बाढीमा बेपत्ता एक मजदुर सम्पर्कमा आए, अझै ६ बेपत्ता (अपडेट)
लमजुङ, साउन ९ : दोर्दी खोलाको बाढीमा वेपत्ता भएका एक मजदुर सम्पर्कमा आएका छन्। उनी आज बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
लमजुङको दोर्दी....
लमजुङ, साउन ९ : दोर्दी खोलाको बाढीमा वेपत्ता भएका एक मजदुर सम्पर्कमा आएका छन्। उनी आज बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ।
लमजुङको दोर्दी गाउँपालिकास्थित माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा एक सय चार जना मजदुर कार्यरत थिए। हिजो साँझ बाढीले ११ जनालाई बगाएको थियो।त्यसमध्ये चार जनाको शव भेटिएको थियो। एक जना आज बिहान सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालयका बोलकुमार श्रेष्ठले काठमाडौंप्रेसलाई बताए।
प्रहरीका अनुसार, अझै ६ जना दोर्दी खोलामा वेपत्ता रहेका छन्। उनीहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।
मृत्यु भएका चार जनामध्ये तीन जनाको सनाखत भएको छ। सनाखत भएका तीन जनामा पर्साका २८ वर्षीय शिवधन चौधरी, डडेलधुराका ३४ वर्षीय रमेश बुढा र सप्तरीका ५० वर्षीय भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






