Kathmandu Press

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि फेरि बस्ने

काठमाडौं, भदौ २५ : आज (शुक्रबार) दिउँसो ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ।प्रतिनिधिसभा बैठकका कारण बैठक स्थगित गरिएको...
एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि फेरि बस्ने

काठमाडौं, भदौ २५ : आज (शुक्रबार) दिउँसो ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ।

प्रतिनिधिसभा बैठकका कारण बैठक स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। बैठक भोलि (शनिबार) बिहान ९ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ।

आगामी असोज ४ देखि ६ गतेसम्म हुने पार्टीको विधान अधिवेशनबारे छलफल गर्न स्थायी कमिटी बस्न लागेको जनाइएको छ। बैठकले उक्त अधिवेशनका लागि प्रतिनिधि चयनका साथै अन्य विविध व्यवस्थापनबारे निष्कर्ष निकाल्ने बताइएको छ।

माधव नेपालसहित १४ सांसदको कारबाहीबारे सूचना टाँस नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आइरहेको छ। एमाले सांसदहरुको नारावाजीबीच बैठक अघि बढाइएको छ।

संसदमा पार्टीको भावी रणनीति के हुने भन्ने विषयमा पनि स्थायी कमिटी बैठकमा छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्