Kathmandu Press

१,१४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं, भदौ २५ : पछिल्लो २४ घण्टामा १ हजार १ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको...
१,१४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं, भदौ २५ : पछिल्लो २४ घण्टामा १ हजार १ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५ सय ४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४ सय ४ जना गरी ८ लाख ६१ हजार ९ सय ५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टाकै अवधिमा १ हजार ६ सय ६० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसँगै कोरोना स.क्रमणबाट निको हुनेको संख्या ७ लाख ३६ हजार ६ सय ६६ पुगेको छ।। 

यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। योसहित कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ९ सय २४ जना पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:१८ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्