Kathmandu Press

विदेशकाे अपरिचित नम्बरबाट आएको फोन नउठाउनुहाेस् : दूरसञ्चार प्राधिकरण

काठमाडौं, साउन ९ :  नेपाल दूरसञ्चार प्राधिकरणले विदेशको अपरिचित नम्बरबाट आएको फोन नउठाउन आग्रह गरेको छ।

प्राधिकरणले आज सार्वजनिक सूचना ....

विदेशकाे अपरिचित नम्बरबाट आएको फोन नउठाउनुहाेस् : दूरसञ्चार प्राधिकरण

काठमाडौं, साउन ९ :  नेपाल दूरसञ्चार प्राधिकरणले विदेशको अपरिचित नम्बरबाट आएको फोन नउठाउन आग्रह गरेको छ।

प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै विदेशका अपरिचित नम्बरहरूबाट नेपालका मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएको जनाएको छ।

प्राधिकरणले सूचनामा अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन तथा कलब्याक  नगर्न समेत सचेत गराएको छ। त्यस्तो नम्बर प्राधिकरणलाई जानकारी दिन आग्रह गरेको छ।

विदेशका अपरिचित फोन आउन थालेपछि मोबाइल प्रयोगकर्ताहले हैरानी तथा ठगिने क्रम बढेपछि प्राधिकरणले सर्वसाधारणको नाममा सूचना निकालेको हो।

साथै, सेवा प्रदायकहरूलाई यसको रोकथामको लागि आवश्यक व्यवस्था गर्न निर्देशन दिएको प्राधिकरणले जनाएको छ।

 

प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, साउन ९, २०७६