Kathmandu Press

भारतमा दैनिक सङ्क्रमित घट्दो, केरलामा मात्रै थप ११४ को मृत्यु

नयाँ दिल्ली, भदौ २५ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी भएको देखिएको छ। भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि...
भारतमा दैनिक सङ्क्रमित घट्दो, केरलामा मात्रै थप ११४ को मृत्यु

नयाँ दिल्ली, भदौ २५ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी भएको देखिएको छ। भारतमा केही हप्तादेखि दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुदै आए पनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ। 

सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ३३ हजार ९७३ जना नयाँ सङ्क्रमित भएका छन्। जबकि अघिल्लो दिन दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै १० हजारले बढी थियो।

Hardik ivf

पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसका कारण थप २६० जनाको मृत्यु भएको थियो। मृतकको सङ्ख्या पनि अहिले घटेको देखिएको छ। अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।

एक दिनमा कुल मृत्यु भएकामध्ये ११४ जना केरला राज्यकै रहेको अधिकारीले बताएका छन्। त्यसैगरी केरलामा मात्रै एक दिनमा २६ हजार २०० नयाँ सङ्क्रमित थपिएका छन् । केरलामा अघिल्लो दिन ३० हजार १९६ जना सङ्क्रमित भएका थिए।

भारतमा सक्रिय सङ्क्रमितको अवस्थामा भने कमी आएको देखिएको छ । केही दिन आगाडि चार लाखभन्दा बढी रहेको सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले घटेको छ। 

मन्त्रालयका अनुसार शुक्रबार भारतमा तीन लाख ९० हजार ६४६ जना कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेको तथ्याङ्क छ। अघिल्लो दिन सक्रिय सङ्क्रमितको सङ्ख्या योभन्दा झण्डै तीन हजार बढी थियो।

दैनिक नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुदै आएको हो।  

पछिल्लो एक दिनमा भारतमा ३७ हजार ६८१ जना सङ्क्रमणमुक्त भएका छन्। अघिल्लो दिन त्योभन्दा बढी अर्थात ४० हजार ५६७ जना कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएका थिए। 

प्रकाशित मिति: १५:१८ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्