Kathmandu Press

इन्डोनेसियाको जेलमा आगलागी : ४४ जनाको मृत्यु

जकार्ता, भदौ २५ : इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ।इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको...
इन्डोनेसियाको जेलमा आगलागी : ४४ जनाको मृत्यु

जकार्ता, भदौ २५ : इन्डोनेसियाको एक जेलमा भएको आगलागीमा परी मुत्यु हुनेको सङ्ख्या ४४ पुगेको बताइएको छ।

इन्डोनेसियाको राजधानी जकार्तानजिकैको तांगेराब भन्ने नगरमा रहेको एक जेलमा गत बुधबार आगलागी भएको इन्डोनेसियाको कानुन तथा मानवअधिकार मन्त्रालयले जानकारी दिएको हो। 

बुधबार भएको त्यस आगलागीमा परी तत्काल ४१ जनाको निधन भएको थियो। आगलागीमा परी घाइते भएकालाई अस्पतालमा राखिएको छ। अस्पतालमा रहेकामध्ये बिहीबार थप तीन जनाको मृत्यु भएपछि यो सङ्ख्या ४४ पुगेको बताइएको छ।

सो आगलागीमा परेर घाइते भएकामध्ये अझै केहीको उपचार भइरहेको र केही गम्भीर अवस्थामा रहेका सो मन्त्रालयले जनाएको छ। आगलागीको कारण थाहा नभएको र त्यस विषयमा अनुसन्धान जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, भदौ २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्