Kathmandu Press

एमाले सांसदको नाराबाजीबीच बजेटसम्बन्धी तीनै अध्यादेश प्रतिनिधिसभामा पेश

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभामा बजेटसम्बन्धी तीनवटै अध्यादेश पेश भएका छन्।
एमाले सांसदको नाराबाजीबीच बजेटसम्बन्धी तीनै अध्यादेश प्रतिनिधिसभामा पेश

काठमाडौं, भदौ २५ : सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध एमाले सांसदहरूको नाराबाजीबीच प्रतिनिधिसभामा बजेटसम्बन्धी तीनवटै अध्यादेश पेश भएका छन् ।

एमाले सांसदहरूको अवरोध छल्दै रोस्ट्रममा पुगेका अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ सदनमा प्रस्तुत भएका हुन् ।

नेमकिपा सांसद प्रेम सुवालले बजेट अध्यादेश फिर्ता गरियोस् भन्ने प्रस्ताव गरेका थिए । उनले रोस्ट्रममै उभिएर प्रस्ताव प्रस्तुत गर्ने अनुमति सभामुखसँग मागेका थिए । सभामुख सापकोटाले यथास्थानबाट प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएका थिए । तर, सांसद सुवालले आफ्नो प्रस्ताव प्रस्तुत नगरी अन्य विषयमा आफ्ना धारणा राखेका थिए ।

त्यसबीचमा सभामुख सापकोटा र सांसद सुवालबीच सवालजवाफ चलेको थियो । उनका प्रस्ताव सभामुख सापकोटाले सदनमा निर्णयार्थ प्रस्तुत गरे । र, बहुमतले अस्वीकृत भएको घोषणा गरे ।

त्यसपछि सभामुख सापकोटाले तीनवटै अध्यादेश स्वीकृत हुने प्रस्ताव सदनमा प्रस्तुत गरे । र, बहुमतबाट स्वीकृत भएको घोषणा गरे ।

प्रकाशित मिति: १४:५६ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्