Kathmandu Press

गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो

गुल्मी, साउन ९ : सत्यवती गाउँपालिकामा सोमबार राति आएगएका दुइटा पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। १२ जनाको हिजै शव भेटिएको थियो भने वेपत्ता....

गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो
काठमाडौं प्रेस

गुल्मी, साउन ९ : सत्यवती गाउँपालिकामा सोमबार राति आएगएका दुइटा पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। १२ जनाको हिजै शव भेटिएको थियो भने वेपत्ता बालिकाको शव आज बिहान भेटिएको हो।

सोमबारदेखि नै स्थानीय बासिन्दासँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली वेपत्ताको खोजीमा खटिएका थिए। पहिरो पन्छाउने क्रममा आज बिहान लिम्घाको भीरकुनाकी आठ वर्षीया तारा विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पानी परिरहेका कारण हिजो खोजी कार्यमा कठिनाइ भएको थियो। आज पानी रोकिएपछि बिहानैदेखि सुरक्षाकर्मी र स्थानीय बासिन्दा खोजीमा जुटेका थिए।

पहिरोमा पुरिएर घाइते भएका सत्यवती गाउँपालिका–३, ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनीहरूलाई बुधबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो।

प्रकाशित मिति: ११:१७ बजे, बिहीबार, साउन ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्