Kathmandu Press

राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल, सोमबारसम्मका लागि बैठक स्थगित

एमाले सांसदहरूको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश टेबल गरेका छन्।
राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल, सोमबारसम्मका लागि बैठक स्थगित
फाइल तस्बिर

काठमाडौं, भदौ २५ : एमाले सांसदहरूको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश टेबल गरेका छन् ।

बैठक सुरु हुनासाथ एमाले सांसदहरूले सिटबाट उठेर बैठकमा अवरोध गरेका थिए । एमाले सांसद देबेन्द्र दाहाललाई राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले बोल्न समय दिएका थिए ।

Hardik ivf

उनी बोलिसकेर पनि अवरोध कायम रहेपछि अध्यक्ष तिमिल्सिनाले सदनको कारवाही अगाडि बढाएका हुन् । अहिले एमाले सांसदहरूले सिटमा बसेर बैठक अगाडि बढाउन दिएका छन् ।

अध्यक्ष तिमिल्सिनाले २८ भदाै सोमबारसम्मका लागि बैठक स्थगित गरेका छन्।

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्