संघीय संसद बैठक सुरु, एमाले सांसदद्वारा सदन अवरुद्ध
संघीय संसदका दुवै सदनका बैठक सुरु भएका छन् । एमाले सांसदहरूले सदन बैठक अवरुद्ध बनाएका छन् ।
काठमाडौं, भदौ २५ : संघीय संसदका दुवै सदनका बैठक सुरु भएका छन् । एमाले सांसदहरूले सदन बैठक अवरुद्ध बनाएका छन् ।
पार्टी संसदीय दलले बर्खास्त गर्ने सूचना दिएका एमालेका तत्कालीन १४ जना सांसदलाई पदबाट नहटाएसम्म सदनका बैठक चल्न नदिने निर्णय एमालेले गरेको छ ।
गत बुधबार सुरु भएको संघीय संसदको नवौँ अधिवेशनको सुरुमै एमाले सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सदनमै चर्को नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए । शुक्रबार पनि एमालेले सभामुखविरुद्ध नाराबाजी गर्दै सदन बैठक अवरुद्ध गरेको हो ।
प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











