जमिन भास्सिँदा सिन्धुपाल्चोकका ६६ घर उच्च जोखिममा
चौतारा, भदौ २५ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भास्सिँदा ६६ घर उच्च जोखिममा परेका छन्।घट्टे खोला र तेलेसोङ...
चौतारा, भदौ २५ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ बोल्दे घट्टे खोला क्षेत्रका बस्तीमा जमिन भास्सिँदा ६६ घर उच्च जोखिममा परेका छन्।
घट्टे खोला र तेलेसोङ खोलाको बीचमा रहेको उक्त क्षेत्रका ४ सय ५० परिवार विस्थापित भएका छन्। स्थानीयवासी एक सातादेखि सुरक्षित ठाउँमा रात कटाउँदै आएको गाउँपालिकाको उपप्रमुख सिर्जना तामाङले जानकारी दिइन्।
उनका अनुसार कात्तिकेमा पनि ८ परिवार विस्थापित भएपछि पाँच टेन्ट उपलब्ध गराइएको छ। विस्थापित बोल्देका परिवार केहीलाई त्रिपाल उपलब्ध गराइएको छ भने कोही आफन्त कहाँ गएर बास बस्ने गरेको बताइएको छ।
तेलेसोङ खोला ठाउँठाउँमा सुरुङका रुपमा बग्ने गरेकाले जमिन भास्सिने र चिरापर्ने गरेको र सो स्थानमा उद्धारका सामग्री लैजान जोखिम रहेको उपप्रमुख तामाङले जानकारी दिइन्।
प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











