दोर्दीखाेलामा भीषण बाढी, चारकाे मृत्यु, ६ वेपत्ता
लमजुङ, साउन ९ : लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीले बगाउँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने बेपत्ताको संख्या एकीन भएको छैन । कम्तिमा सा....
लमजुङ, साउन ९ : लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो आएको बाढीले बगाउँदा कम्तिमा चार जनाको मृत्यु भएको छ भने बेपत्ताको संख्या एकीन भएको छैन । कम्तिमा सात जना हराइरहेकाे बताइएको छ। बाढीमा वेपत्ता हुनेहरुको खोजी कार्य जारी छ।
मृत्यु हुने र बेपत्ता हुनेहरु सबै दोर्दी खोला जलविद्युत आयोजनामा कार्यरत कामदार थिए। मृत्यु हुनेहरुमा पर्साका २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका ३४ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय लम्जुङ्गले जनाएको छ। तर, अन्य दुईको बारेमा भने जानकारी आइसकेको छैन।
जलविद्युत आयोजना निर्माणको काम गरिरहेका कामदारलाई एक्कासी आएको बाढीले बगाएको थियो। हिमालतिर पहिरो खसेर नदी थुनिएको र अचानक फुटेपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।
प्राप्त पछिल्लो सूचना अनुसार, विभिन्न सुरक्षा निकायका टोली अहिले वेपत्ताको खोजी कार्यमा लागि रहेका छन्।






