Kathmandu Press

रोल्पामा कांग्रेस वडा अधिवेशन : ६६ वडामा सर्वसम्मत

रोल्पा, भदौ २५ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन्। सर्वसम्मत हुन नसकेका...
रोल्पामा कांग्रेस वडा अधिवेशन : ६६ वडामा सर्वसम्मत

रोल्पा, भदौ २५ : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लाका ७२ वडा मध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन्। सर्वसम्मत हुन नसकेका ६  वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ।

‘अधिवेशन  हुन नसकेका एक  वडामा आज अधिवेशन हुँदैछ,’ कांग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने। रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुन सकेको थिएन। 

जिल्लामा एक जना दलित र एक महिला वडा सभापति मात्रै निर्वाचित भएका छन्। यसरी निर्वाचित हुने वडा सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए।

प्रकाशित मिति: १२:०१ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्