वागमती प्रदेश योजना आयोगमा उपाध्यक्ष डा. बस्नेत र तीन सदस्य नियुक्त
वागमती प्रदेश सरकारको योजना आयोग उपाध्यक्षमा डा. जगतबहादुर बस्नेतलाई नियुक्त भएका छन्।
काठमाडौं, भदौ २५ : वागमती प्रदेश सरकारको योजना आयोग उपाध्यक्षमा डा. जगतबहादुर बस्नेतलाई नियुक्त भएका छन् ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । यस्तै, आयोग सदस्यहरूमा ज्ञानकुमार श्रेष्ठ, निलम ताम्राकार र रामशरण प्याकुरेललाई नियुक्ति दिइएको छ ।
सबैलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छन् ।
प्रकाशित मिति: ११:४६ बजे, शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











