Kathmandu Press

सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं, भदौ २५ : सत्तारुढ गठबन्धनका पाँच दलको बैठक बस्न लागेको छ।आज बिहान ९ बजे सत्तारुढ बठबन्धनको बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा...
सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं, भदौ २५ : सत्तारुढ गठबन्धनका पाँच दलको बैठक बस्न लागेको छ।

आज बिहान ९ बजे सत्तारुढ बठबन्धनको बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिहीबार साँझ पनि सत्तारुढ पाँच दलको बैठक बसेको थियो। बिहीबारको बैठकमा समसामयिक विषयमा सामान्य छलफल भए पनि कुनै निर्णय हुन सकेको थिए।

आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा छलफल हुने जनाइएको छ। यस विषयमा छलफल गर्न एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली नेपाल आएको छ।

टोलीले बिहीबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ। आज यो टोलीले अन्य शीर्ष नेतालाई भेट्न कार्यक्रम रहेको छ।

त्यसअघि सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा एमसीसीका विषयमा पनि छलफल हुने भएको छ।

यससँगै मन्त्रिपरिषद् विस्तारका विषयमा पनि पाँचको बैठकमा छलफल हुने भएको छ। बिहीबारको बैठकमा छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने सहमित बनेको थियो।

प्रकाशित मिति: ०७:४० बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्