Kathmandu Press

साढे चार महिनापछि खुल्यो पशुपतिनाथको मूल मन्दिर

काठमाडौं, भदौ २५ : पाँच महिनापछि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुला गरिएको छ।आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिउको पशुपति...
साढे चार महिनापछि खुल्यो पशुपतिनाथको मूल मन्दिर

काठमाडौं, भदौ २५ : साढे चार महिनापछि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुला गरिएको छ।

आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि मन्दिर खुला गरिउको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। बिहीबार क्षमा पूजा गरेसँगै आजबाट मन्दिर खोलिएको हो।

कोरोना भाइरसको दोस्रो लहर चलेपछि गत वैशाख १० गतेबाट पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। कोरोनाको जोखिम कम भएपछि आजबाट खुला गरिएको हो।

अझै पनि कोरोना जोखिम यथावत नै रहेकाले मन्दिर दिउँसो १ बजेसम्म मात्र खुला गरिने कोषले जनाएको छ। पशुपतिनाथको मन्दिर दर्शन गर्ने भक्तजनले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ। एकपटकमा २५ जनालाई मात्र मन्दिर प्रवेश गराइने कोषले जनाएको छ।

मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाममा बस्नुपर्ने छ। एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ। विशेष पूजा भने खुला नगरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए।

यसअघि २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो।

२०७६ साल चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म खुला गरिएको थियो। विशेष पूजा भने फागुन २५ गते महाशिवरात्रिदेखि मात्र शुरु गरिएको थियो।

प्रकाशित मिति: ०७:११ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्