लमजुङमा बाढीले बगाउँदा चारको मृत्यु, १५ जना बेपत्ता
लमजुङ, साउन ८ : लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ। १५ जनाभन्दा बढी बेपत्ता भएका छन्।
बुधबार दिउँस....
लमजुङ, साउन ८ : लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ। १५ जनाभन्दा बढी बेपत्ता भएका छन्।
बुधबार दिउँसो आएको बाढीले बगाउँदा चार जनाको मृत्यु भएको दोर्दीखोला गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन।
जलविद्युत आयोजना निर्माणको काम गरिरहेका कामदारलाई एक्कासी आएको बाढीले बगाएको बताइएको छ। हिमालतिर पहिरो खसेर नदी थुनिएको र अचानक फुटेपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ।
लमजुङका प्रमुख जिल्ला अधिकारीसहित प्रहरीको टोली घटनास्थलमा पुगेको छ।
प्रकाशित मिति: १९:३५ बजे, बुधबार, साउन ८, २०७६
थप समाचार






