Kathmandu Press

एमसीसी उपाध्यक्ष र माधव नेपालबीच भेटवार्ता, आफ्नो पार्टीले उपयुक्त निर्णय लिने नेपालको भनाइ 

काठमाडौं, भदौ २४ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी...
एमसीसी उपाध्यक्ष र माधव नेपालबीच भेटवार्ता, आफ्नो पार्टीले उपयुक्त निर्णय लिने नेपालको भनाइ 

काठमाडौं, भदौ २४ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेकी छिन् । 

बिहीबार काठमाडौं आएकी सुमार सहितको टोलीले अध्यक्ष नेपालसँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेकी हुन् । भेटमा अध्यक्ष नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गरे । 

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग एमसीसीका उपाध्यक्ष सुमारलाई उनले राष्ट्रहितको विषयलाई केन्द्रमा राखेर नै आफ्नो पार्टीले उपयुक्त निर्णय गर्ने समेत उल्लेख गरे । 

भेटमा सहभागी एकीकृत समाजवादीका नेता गङ्गालाल तुलाधरका अनुसार सो अवसरमा अध्यक्ष नेपालले एमसीसीले उपलब्ध गराउने सहयोग नेपाली जनताको हितमा रहेको छ भन्ने स्पष्ट पार्न विशेष ध्यानाकर्षण गराएका थिए ।

उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो ।

प्रकाशित मिति: २०:१६ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्