नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रबार

काठमाडौं, भदौ २४ : नेकपा एमाले स्थायी कमिटीको बैठक (भोली) शुक्रबार बस्ने भएको छ।
शुक्रबार अपराह्न ४ बजे ललितपुरको च्यासलस्थित तुल्सी लाल प्रतिष्ठानमा बैठक बोलाईएको एमालेले जनाएको छ ।
बैठकमा चालू संसदमा पार्टीको भूमिकाबारे र विधान महाधिवेशनबारे छलफल गरिने बुझिएको छ ।
प्रकाशित मिति: १९:१४ बजे, बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











