मुस्ताङ हेलिकप्टरको सेवा प्रारम्भ
काठमाडौं, भदौ २३ : मुस्ताङ हेलिकप्टर प्रा लि ले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै सेवा प्रारम्भ गरेको छ । बिहीबार प्राधिकरणबाट उडान...
काठमाडौं, भदौ २३ : मुस्ताङ हेलिकप्टर प्रा लि ले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै सेवा प्रारम्भ गरेको छ ।
बिहीबार प्राधिकरणबाट उडान अनुमति पाएसँगै आजबाटै सेवा प्रारम्भ गरिएको कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक रोनन लामिछानेले बताएका छन् ।
कम्पनीले अब आफ्नो सेवा रेस्क्यू, चार्टर्ड, कोभिड १९ बिरामीको उद्धार, एरियल फोटोग्राफी, कार्गो सिलिङजस्ता सेवा दिने छ ।
कोरोना कहरका बीचमा शुरु गरिएको यो कम्पनीले आगामी दिनमा सेवा विस्तार गर्दै जाने जनाएको छ ।
प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











