Kathmandu Press

उपत्यकामा ४३३ जनाका कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ३३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंमा ३ सय २९,...
उपत्यकामा ४३३ जनाका कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २४ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ३३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये काठमाडौंमा ३ सय २९, भक्तपुरमा ३७ र ललितपुरमा ६७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १८ पुगेको छ। तीमध्ये काठमाडौंमा ३ हजार ५ सय ९५, भक्तपुरमा १ हजार २ सय २३ र ललितपुरमा १ हजार ९ सय ७९ जना छन्। 

प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्