कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट खारेज
कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिट खारेज भएको छ ।
काठमाडौं, भदौ २४ : कांग्रेसको १४औँ महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिट खारेज भएको छ ।
कांग्रेस महासमिति सदस्य तथा वागमती प्रदेश सांसद नरोत्तम वैद्यले रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले रिट खारेज हुने निर्णय दिएको हो ।
कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने उल्लेख गर्दै उनले १७ भदौमा सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











