Kathmandu Press

एमसिसी उपाध्यक्षलाई कालोझन्डा देखाउन खोज्ने १५ जना पक्राउ

काठमाडौं, भदौ २४ : एमसिसी उपाध्यक्ष फतिमा सुमारलाई कालोझन्डा देखाउन खोज्ने १५ जना पक्राउ परेका छन्। उनीहरू विभिन्न दल र संगठनमा आबद्ध रहेको...
एमसिसी उपाध्यक्षलाई कालोझन्डा देखाउन खोज्ने १५ जना पक्राउ

काठमाडौं, भदौ २४ : एमसिसी उपाध्यक्ष फतिमा सुमारलाई कालोझन्डा देखाउन खोज्ने १५ जना पक्राउ परेका छन्। उनीहरू विभिन्न दल र संगठनमा आबद्ध रहेको बुझिएको छ। 

एमाले अध्यक्ष केपी ओलीलाई बालकोटमा भेटेर फर्किने क्रममा फतिमाको टोलीलाई कोटेश्वरमा कालोझन्डा देखाउने र प्रयास भएको थियो। त्यसक्रममा प्रहरीले उनीहरूमाथि हस्तक्षेप गरेको हो।

पक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ। एमसिसी विरोधी समूहमा आबद्ध भएकाहरूले पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन गरेका छन्। त्यसक्रममा उनीहरूले एमसिसीको विरोधमा चर्को नाराबाजी गरेका थिए।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्