Kathmandu Press

अफगानिस्तानको तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर दिने

वेइजिङ्, भदौ २४ : चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ। विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन...
अफगानिस्तानको तालिवान सरकारलाई चीनको समर्थन, तीन करोड दश लाख अमेरिकी डलर दिने

वेइजिङ्, भदौ २४ : चीनले अफगानिस्तानमा बनेको नयाँ तालिवान सरकारलाई समर्थन जनाएको छ। 

विश्वका धेरै देशले तालिवान सरकारलाई समर्थन गर्न आनाकानी गरिरहेका बेला चीनले समर्थन गर्ने घोषणा गरेको हो। 

चीनले तालिवान सरकारलाई समर्थन गर्दै तीन करोड १० लाख अमेरिकी डलर सहयोगसमेत गर्ने जनाएको छ। 

Hardik ivf

चीनको विदेश मन्त्रालयले अफगानिस्तानको नयाँ सरकार इस्लामिक इमरेट्स अफ तालिवानलाई प्रारम्भीक सहयोग स्वरुप तीन करोड १० लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ। 

अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेको झण्डै तीन सातापछि केही दिन अगाडि अन्तरिम सरकार गठन भएको छ।  

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुय चुनीनले छिमेकी मुलुकको हैसियतले अफगानिस्तानलाई सहयोग गर्नु चीनको कर्तव्य हुने बताए।

उनले यस सहयोगलाई अफगानिस्तानी जनतालाई दिइएको आपतकालिन सहयोगको रुपसमेतमा व्याख्या गरे। 

सहयोग अन्तर्गत चीनले खाद्य पदार्थ, पानीजन्य पदार्थ, खोप, औषधीजन्य पदार्थलगायत पनि रहने प्रवक्ता चुनीनले जानकारी दिए। 

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि तत्कालिन राष्ट्रपति अशरफ घानीले देश छाडेर भागेका थिए भने उनको सरकारले हात उठाएको थियो। 

घानी सरकारले हात उठाएपछि नयाँ सरकार गठन हुन नसकेको र नयाँ सरकार काम गर्न अन्यौलमा परेकोले दैनिक उपभोग्य वस्तुको व्यवस्थापनदेखि प्रशासनिक कामसमेतमा ठूलो समस्या देखिएको छ।  

चिनियाँ विदेशमन्त्री वाङ यीले त अफगानिस्तानलाई पहिलो चरणमा ३० लाख खोप दिने घोषणा यसअघि नै गरिसकेका छन्। तर खोप कहिले उपलब्ध हुन्छ भन्ने यकिन हुन भने बाँकी नै रहेको बताइएको छ।  
 

प्रकाशित मिति: १६:०८ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्