नुवाकोटमा जिप दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
नुवाकोट, भदौ २४ : नुवाकोटको दुप्चेश्वरमा जिप दुर्घटना हुँदा त्यसमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। घाइते भएक...
नुवाकोट, भदौ २४ : नुवाकोटको दुप्चेश्वरमा जिप दुर्घटना हुँदा त्यसमा सवार एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। घाइते भएका व्यक्ति जिप चालक हुन्।
गाउँखर्कमा भन्ने ठाउँमा बिरामी लिन जाँदै गरेको प्रदेश ३०१०२२ च ५०७१ नम्बरको जिप दुप्चेश्वर गाउँपालिका–३ झगडे मस्यरी सडकखण्डमा दुर्घटनामा परेको थियो।
मृत्यु हुनेमा दुप्चेश्वर–३ रावतबेसी पुरानो गाउँका मानबहादुर तामाङ रहेको जनाइएको छ।
प्रकाशित मिति: १५:२३ बजे, बिहीबार, भदौ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











