Kathmandu Press

छिमेकीलाई कुटेर गम्भीर घाइते बनाएको आरोपमा पक्राउ

धनुषा, भदौ २४ : २५ वर्षीया छिमेकी महिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा सहिदनगर नगरपालिका–६ हठिपुर बस्ने २० वर्षीय कृष्ण पासवानलाई बुधबार...
छिमेकीलाई कुटेर गम्भीर घाइते बनाएको आरोपमा पक्राउ

धनुषा, भदौ २४ : २५ वर्षीया छिमेकी महिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा सहिदनगर नगरपालिका–६ हठिपुर बस्ने २० वर्षीय कृष्ण पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बाख्राको विषयलाई लिएर कृष्ण र उनकै बुबा ३५ वर्षीय श्याम पासवानले ती महिलालाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले कुटपिट गर्नेमध्ये कृष्णलाई पक्राउ गरेको हो।

घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको छ। हाल फरार श्यामको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, भदौ २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्