एमसिसी उपाध्यक्षको पहिलो भेट एमाले अध्यक्ष ओलीसँग
काठमाडौं, भदौ २४ : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारले सुरुमा एमाले अध्यक्ष केपी ओलीलाई भेट्ने भएकी छन्।अहिले...
काठमाडौं, भदौ २४ : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमारले सुरुमा एमाले अध्यक्ष केपी ओलीलाई भेट्ने भएकी छन्।
अहिले महाराजगन्जस्थित अमेरिकी दूतावासमा त्यहाँका अधिकारीहरूसँग छलफल गरिररहेकी उनी दिउँसो २ बजे भक्तपुरको बालकोटस्थित ओली निवास जाने कार्यक्रम रहेको बताइएको छ।
एमसिसीबारे छलफल गर्न उनी आज (बिहीबार) बिहान काठमाडौं उत्रिएकी हुन्। उनका साथमा सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आएका छन्।
सत्तामा हुँदा एमाले अध्यक्ष ओली एमसिसी पारित गर्नुपर्ने पक्षमा उभिएका थिए तर सत्ताबाट बाहिरिएसँगै उनले त्यसलाई पारित गर्न अहिलेको सरकार अग्रसर हुनुपर्ने बताउँदै आएका छन्।
प्रतिपक्षी दलको हैसियतले संसदमा एसिसीलाई लिएर कसरी प्रसतुत हुने भनी आधिकारिक धारणा आउनुपर्ने भनी आफ्नै सांसदहरूले माग गरिरहँदा पनि ओली मौन बस्दै आएका छन्।
त्यसकारण एमसिसीबारे एमालेमा कुनै आधिकारिक निर्णय हुन सकेको छैन।। यस्तो अवस्थामा फतिमा र ओलीको भेटलाई विशेष चासोका साथ हेरिएको छ।











