Kathmandu Press

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, भदौ २४ : बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १...
घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, भदौ २४ : बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार आज तेजाबी सुन ९० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । 

बिहीबार चाँदी १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, भदौ २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्