बाढीपहिरो र डुबान पीडितप्रति सरकार गम्भीर भएनः यादव
काठमाडौं, साउन ८ : राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
....
काठमाडौं, साउन ८ : राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले बुधबार प्रतिनिधिसभा बैठकमा पेश गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ को समर्थन गर्दै वर्षात पीडितका लागि तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका हुन्।
उनले तराईमा सधै आउने डुबानको समस्या समाधान गर्न पूर्वतयारी गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश पोखे। ‘अहिले पनि सरकारले झारा टार्ने काम गरिएको छ,’ संयोजक यादवले भने,‘पीडितलाई राहत दिन सरकार गम्भिर बन्नुपर्यो।’
संयोजक यादवले तराई, मधेशको डुवानबाट पीडित भएकाहरुलाई राहतका लागि सरकारलाई सहयोग गर्न जनप्रतिनिधिको रुपमा आफूहरु तयार रहेको पनि बताए। उनले पहाडमा वर्षेनी आउने पहिरो र तराईमा हुने डुबानको समस्या समाधान गर्न सरकारले संवेदनशीलता नदेखाएको आरोप पनि लगाए।
यादवले बाढी, पहिरो र डुबान पीडितलाई राहत विवरणका लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराए।

-1784896419.png)









