आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीति सार्वजनिक
काठमाडौं, साउन ८ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ।
गभर्नर डा. चिरञ्जीवी नेपालले ....

काठमाडौं, साउन ८ : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ।
गभर्नर डा. चिरञ्जीवी नेपालले बुधबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्। नेपालले अधिकांश विषय गत वर्षकै निरन्तरतामा राखेका छन् भने विग मर्जरमा जानेलाई विशेष सुविधा समेत नीतिमार्फत घोषणा गरेका छन्।
ब्याजदर करिडोर थप कडाइ गरिने र बजेटले भने अनुसार आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने विषय मौद्रिक नीतिमा उल्लेख गरिएको छ। नीतिमा विशेष पुन:कर्जा राखिएको छ। विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएका छन्। लक्षित क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा पुरानै व्यवस्था राखिएको छ।
प्रकाशित मिति: १७:०१ बजे, बुधबार, साउन ८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









